२१ महिने छोरीलाई झुण्ड्याएर आमा पनि मरिन्

दियो पोस्ट  

काठमाडौँ, जेठ २३ । ललितपुरमा आफ्नी २१ महिने छोरीसंगै एक महिलाले आत्महत्या गरेकी छिन् । ललितपुरको महांकाल गाउँपालिका–४ स्थित गुम्बाडाँडामा बस्दै आएकी मुगुकी २६ बर्षीया जानु क्षेत्रीले आफ्नी २१ महिने छोरीलाई झुण्ड्याएर आफु पनि झुण्डिएको अवस्थामा भेटिएको छ ।

बुधबार विहानदेखि ढोका बन्द भएको र कुनैपनि बोलाउँदा समेत कुनै प्र्रतिक्रिया नआएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । साँझ करिब ७ बजे वडाध्यक्षसहित आएको प्रहरी टोलीले ढोका खोलेर हेर्दा आमा छोरी झुण्डिएको अवस्थामा भेटिएको हो ।

घटनास्थल महानगरीय प्रहरी वृत्त चापागाउँबाट करिब ६० किलोमिटरको दुरीमा पर्छ। घटनास्थलमा पुगेका चापागाउँ वृत्तका प्रमुख राजकुमार खिउजुका अनुसार जानुले मजदुरी गरेर गुजारा गर्दै आएकी थिइन्।

प्रहरीका अनुसार उनी कामको सिलसिलामा मुगुबाट त्यहाँसम्म आएको थिइन्। श्रीमानले अर्की श्रीमती ल्याएका कारण जानु केही महिनादेखि एक्लै बस्दै आएकी थिइन्।

सिफारिस