काठमाडौँ, जेठ २४ । काठमाडौँ उपत्यकामा एकाविहानै पानी र ठुलो हावाहुरी सहित आँधी आएको छ । गएराति सुदुरपश्चिमका दुई जिल्लाहरुमा ठुलो क्षति पुर्याउने गरि आएको आँधी विहान काठमाडौँ प्रवेश गरेको हो ।
ठुलो आवाजसहितको आँधी आएको र त्यसबाट बँच्नका लागि सतर्क रेहेर बस्न जिल्ला प्रशासन कार्यलय काठमाडौँले अनुरोध गरेको छ । विहान एक्कासी आँधी आएको कारण क्षतिको सुचना आइनसकेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले दियोपोस्टलाई बताएका छन् ।
अचानक हावाहुरी आएपछि त्यसले ठुलो क्षति पार्न सक्ने मुख्य स्थानहरुमा प्रहरी परिचालन गरिएको र आवश्यक अनुसारको उद्धारको तयारी गरिएको समेत सिडिओ आचार्यले बताएका छन् । विशेषगरि सुकुम्वासी क्षेत्रमा क्षति पुर्याउन सक्ने भएकोले त्यस्तो क्षेत्रमा प्रहरी तैनाथ गरिसकेको उनले बताए । उनले सम्भावित घटनाबाट बाँच्नका लागि सतर्क भएर बस्न समेत अनुरोध गरेका छन् ।