१५ हजार घुस लिने प्रहरी इन्सपेक्टर रंगेहात पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ, जेठ २४ । नेपाल प्रहरीका प्रहरी निरिक्षक केशवबहादुर बस्नेत घुससहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय रन्यौरा( सैनामैना) का इन्सपेक्टर बस्नेत १५ हजार घुससहित रंगेहात पक्राउ परेका हुन् ।

विशेष सुचनाको आधारमा परिचालित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यलयका टोलीले उनलाई वुधबार सेवाग्राही संग घुस लिँदालिँदै पक्राउ गरेको हो । प्रहरी निरिक्षक बस्नेतले गिटीको कारोबार गर्ने ब्यक्तिसंग घुस लिँदै गर्दा अख्तियारले पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस