लोकसेवाको भर्ना तत्काल रोक्न नेकपा सांसद जनार्दन शर्माको माग

दियोपोस्ट संवाददाता

काठमाडौँ, जेठ २३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्माले लोकसेवा आयोगको विज्ञापन संविधानविपरित भएको भन्दै तत्काल भर्ना रोक्न माग गरेका छन् ।

लोकसेवाको विज्ञापन संविधानविपरित भएको भन्दै यसलाई यथाशिघ्र रोक्नुपर्ने सांसद शर्माले बताएका छन् । पुर्वगृहमन्त्री समेत रहेका शर्माले संविधानले व्यवस्था भए बमोजिमका समानुपातिक सिद्धान्त लगायतका मुद्धाहरुलाई वेवास्ता गरेको भन्दै यसबाट अराजकता सिर्जना भएको बताए ।

शुक्रबार बसेको संसदिय समितिको वैठकमा बोल्दै नेता शर्माले संसदीय समितिले संविधान विरोध हरेक कुरामा छुट दिन नसक्ने भन्दै विज्ञापन रोक्नुपर्ने बताएका छन् । समितिले संविधान विरोधी हुने भएकाले कर्मचारी भर्ना प्रक्रिया रोक्न र काम गर्न समस्या भए ओएनएम गरेर वा करारमा कर्मचारी राखेर काम गर्न भन्नुपर्ने उनले बताए ।

सम्बन्धित खबर

सिफारिस