गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’का दाई ठमेलमा चुनाव लड्दै, महासचिवमा उम्मेदवारी !

दियोपोस्ट संवाददाता

काठमाडौँ, जेठ २४ । प्रहरी इन्काउन्टरमा मारिएका स्वर्गिय चर्चित गुण्डा नाइके दिनेश अधिकारी ‘चरि’का दाई ध्रुव अधिकारी ठमेल पर्यटन विकास परिषदमा चुनाव लड्ने भएका छन् ।
आगामी दुई बर्षे कार्यकालका लागि शनिबार हुने निर्वाचनमा चरिका दाई अधिकारीले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।


पूर्व एमालेका निकट रहेर ठमेलमा व्यावसाय गरिरहेका अधिकारीको होटल तथा स्पा व्यावसायमा लगानी छ । चरीको मृत्यु भएपछि चरीको व्यवहार समेत दाई अधिकारीले सम्हाल्दै आएका छन् ।

ठमेल पर्यटन विकास परिषदमा त्रिपक्षिय भिडन्त हुने भएको छ । पूर्व माओवादीको एउटा समुह र पूर्व एमालेको एउटा समुहले प्रकाशनर सिंह राणालाई समर्थन गरेका छन् ।

यता पूर्व माओवादीकै अर्को समुह र पूर्व एमालेको अर्को खेमाले भने अर्जुनलाल प्रधानको समुहलाई समर्थन गरेका छन् ।
हालका अध्यक्ष समिर गुरुङ कांग्रेसका तर्फबाट ठमेल पर्यटन विकास परिषदमा पुन अध्यक्षमा चुनाव लड्ने घोषणा गरेका छन् ।


चरीका दाई अधिकारी प्रकाशनर सिंह राणाको प्यानलबाट महासचिवमा उम्मेदवार बनेका हुन् ।

सम्बन्धित खबर

सिफारिस