काठमाडौं, जेठ २४ । राजधानीको जोरपाटीमा गोली चलेको छ । शुक्रबार महानगरिय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले लुटपाटमा संलग्न छिरिङ तामाङलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको हो ।
उपत्यकामा श्रंखलावद्ध रुपमा लुटपाट मच्चाउने छिरिङ शुक्रबार पनि जोरपाटीको अत्तरखेलमा सुनचाँदी व्यापारीहरुलाई धम्काएर लुटपाट मच्चाइरहेको सुचनाको आधारमा प्रहरीको टोली जोरपाटी पुगेको थियो । प्रहरीले शान्तिपुर्ण तरिकाले नियन्त्रणमा लिन खोज्दा छिरिङले प्रहरीमाथि नै आक्रमणको प्रयास गरेका थिए ।
महानगरिय प्रहरी अपराध महाशाखाबाट खटिएका विशेष टोलीले छिरिङमाथि गोली चलाइ नियन्त्रणमा लिएको हो । दाहिने खुट्टामा गोली लागेको छिरिङको वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । छिरिङको बारेमा प्रारम्भिक अनुसन्धान भइसकेको र उनको स्वास्थ्य अवस्था सामान्य भएपछि थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।