२०२२ को विश्वकप छनोटमा भुटानको जित

२०२२ को विश्वकप छनोटमा भुटानको जित

काठमाडौँ,जेठ २४ । कतार विश्वकपका लागि पहिलो चरणको एसिया छनोटको पहिलो खेलमा भुटानले जित निकालेको छ ।

पहिलो चरणको छनोट अन्तर्गत बिहिबार भएको पहिलो लेगमा भुटानले गुवामलाई १(० ले पराजित गरेको हो । घरेलु मैदानमा भुटानलाई जित दिलाउन छिरिङ दोर्जीले निर्णायक गोल गरे । दोर्जीले खेलको ३५ औं मिनेटमा गोल गरेका थिए ।

अब भुटानले दोस्रो लेग गुवामको मैदानमा खेल्नेछ । एजेन्सी

Facebook Comments

Trending News