‘टिकटक’ सेलिब्रेटि अमिता गुरुङको म्युजिक भिडियो ‘मंसिर’ सार्वजनिक

‘टिकटक’ सेलिब्रेटि  अमिता गुरुङको म्युजिक भिडियो ‘मंसिर’ सार्वजनिक

काठमाडौँ,जेठ २४ । टिकटकबाट चर्चा कमाउन सफल अमिता गुरुङको अभिनय रहेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘मंसिर’ बोलको गीतको भिडियोमा अमितासँगै गायक सन्तोष लामा, नयाँ डान्स क्रु वाइजर इराको लोभलाग्दो नृत्य छ । एकतारेको शब्दरचना रहेको पप जनराको गीतमा सुशान्त गौतमको संगीत र शैलेन्द्रमान प्रधानको संगीत संयोजन छ ।

गायक सन्तोष लामाले निर्देशन गरेको म्युजिक भिडियोमा विकास गुरुङको कोरियोग्राफी, उत्तम हुमागाईंको छायाँकन र विकास धमालाको ध्वनी सम्पादन रहेको छ ।

हेर्नुहोस् भिडियो:-

Trending News