
काठमाडौँ, जेठ २५ । युइएफए च्याम्पियन्स लिगको २०१९ को संस्करणमा लियोनल मेस्सीको गोल टुर्नामेन्टभरिकै सर्वोत्कृष्ठ गोल घोषित भएको छ । मेस्सीले सेमिफाइनल अन्तर्गतको पहिलो लेगमा लिभरपुल बिरुद्ध प्रहार गरेको फ्रिकिक गोललाई भोटिङमार्फत फुटबल फ्यानहरुले उत्कृष्ठ गोल बनाएका हुन् । युइएफएका प्राविधिकहरुले भने क्रिस्टियानो रोनाल्डोको गोललाई ‘गोल अफ द सिजन’ घोषित गरेको छ ।
युइएफएले सार्वजनिक गरेको सुचिमा मेस्सीको गोल दोस्रो नम्बरमा थियो । क्रिस्टियानो रोनाल्डोले म्यान्चेस्टर युनाइटेड बिरुद्ध गरका ओभरहेड भलि गोललाई युइएफले पहिलो नम्बरमा राखेको थियो । पहिलो नम्बरमा भएको भएतापनि भोटिङको आधारमा रोनाल्डोको गोल उत्कृष्ठ हुन सकेन । फुटबल फ्यानहरुका लागि समेत भोटिङको अवसर दिएको र सो भोटिङमा मेस्सीको गोल उत्कृष्ठ ठहर भएको यूइएफएले जनाएको छ । क्रिस्टियानो रोनाल्डोको गोल ‘गोल अफ द सिजन’ भएको छ भने भोटिङमार्फत मेस्सीको गोल ‘गोल अफ द टुर्नामेन्ट’ घोषित भएको छ ।
युइएपफएले सार्वजनिक गरेको सुचीमा अधिकांश बार्सिलोनाका खेलाडीले प्रहार गरेका गोलहरु रहेका छन् । उत्कृष्ठ १० गोलको सुचीको दशौँ नम्बरमा लुइस स्वारेजले लिभरपुलविरुद्धको पहिलो लेगमा प्रहार गरेको गोल रहेको छ । त्यस्तै नवौँ नम्बरमा फिलिप कउटिन्होले म्यानचेस्टर युनाइटेडविरुद्धको दोस्रो लेगमा प्रहार गरेका गोल परेको छ । सुचीको आठौँ नम्बरमा पनि बार्सिलोनाका ओसमान डेम्बेलेले टोटनह्यामबिरुद्ध समुह चरणमा गरेका गोल पारेको छ ।

सुचीको सातौँ नम्बरमा सख्तर डोनिस्कविरुद्ध म्यानचेस्टर सीटीका रहिम स्टरलिङको गोल परको थियो । त्यस्तै म्यानचेस्टर युनाइटेबिरुद्ध एम्बाप्पेले प्रहार गरेको गोल छैठौँ नम्बरमा परेको थियो । सिटीका लेरोय सानेले होफेनेमविरुद्ध गरेको गोल सुचिको पाँचौ नम्बरमा परेको थियो । चौथो नम्बरमा पुन बार्सिलोना नै हावी देखिएको छ । वार्सिलोनाका इभान राकटिचले टोटेनह्यामबिरुद्ध समुह चरणको खेलमा गरेको गोल उत्कृष्ठ चौथो नम्बरमा परेको हो । तेस्रोमा भने वार्यन म्युनिखका सेडियो माने परेका छन् । उनले लिभरपुल बिरुद्ध दोस्रो लेगमा प्रहार गरेको गोल सुचीको तेस्रो उत्कृष्ठमा परेको हो । यसैगरि दोस्रो र पहिलोमा क्रमशः मेस्सी र रोनाल्डोको गोल परेको छ ।

यस सिजन ‘गोल अफ् द सिजन’को अवार्ड जितेका रोनाल्डोले कूल ६ गोल गरेका थिए भने ‘गोल अफ् द टुर्नामेन्ट’ घोषित गोलका गोलकर्ता मेस्सीले कूल १२ गोल गरेका थिए ।
लिगभरिबाट छानिएका उत्कृष्ठ १० गोल यस्तो छ ।