
काठमाडौँ, जेठ २५ । गत जेठ १७ गतेदेखि हराइरहेका एमबिबिएस विद्यार्थी शिशिर खनाल किर्तिपुरको जंगलमा मृत फेला परेका छन् । पुख्र्यौली घर अर्घाखाँची भएतापनि केही बर्षदेखि शिशिर काठमाडौँको कोटेश्वरमा बस्दै आएका थिए ।
घरपरिवारबाट हराएको भन्ने खबर पाएपछि पहरीले तीब्र रुपमा शिशिरको खोजी गरेको थियो । उनले चढ्दै आएको मोटरसाइकल किर्तिपुरको पुष्पलाल पार्कमा भेटिएको थियो । उनकै मोटरसाइकल भेटिएको स्थानभन्दा पर उनको शब भेटिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ मेडिकल कलेजमा एमबिबिएस चौथो बर्षमा अध्ययनरत शिशिर कोटेश्वरमा आफ्नो दाइभाउजुसंग बस्दै आएका थिए । उनका मातापिताको केहिसमय अघि मात्र सडक दुर्घटनामा मृत्यु भएको थियो । मातापिता गुमाएपछि शिशिर डिप्रेसनमा गएको परिवारले बताएको छ । पढाइमा भने शिशिर निकै नै अब्बल रहेका मेडिकल कलेजका शिक्षकहरुले बताएका छन् ।