
काठमाडौँ, जेठ २५ । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सम्पर्क कार्यलयमा वम विस्फोट भएको छ । शनिबार विहान करिब ४ बजेतिर कार्यलयलाई लक्षित गरि प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
वम विस्फोटाबाट कार्यलय राखिएको स्थानिय दीपक विसिको घरमा क्षति पुगेको छ । घरको शौचालय पुर्ण रुपमा क्षति भएको छ भने भे ७ प ९६९८ नम्बरको मोटरसाइकलमा समेत आगजनी गरिएको छ ।
घटनाको सुचना पाउने वित्तिकै जिल्ला प्रहरी कार्यलयबाट प्रहरीहरु प्रहरी पुगेका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको र घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । यस भन्दा अगाडी विप्लव समुहका कार्यकर्ताले सो जलविद्युत आयोजनामा बम पड्काएका कारण घटनाको आशंका विप्लव समुहतिर रहेको छ ।