ठमेल पर्यटन परिषदमा नेकपा पराजित, प्रकाश रानाभाट सहितको पदाधिकारी निर्वाचित (मत परिणामसहित)

दियो पोस्ट  

काठमाडौं,, २६ जेठ । ठमेल पर्यटन विकास परिषद्को शनिबार सम्पन्न निर्वाचनबाट प्रकाश राणाभाट समुहको अधिकांश पदाधिकारी विजयी भएका छन् ।


स्वतन्त्र समुहबाट निर्वाचन लडेका रानाभाटलाई नेकपाकै असन्तुष्ट समुह र नेपाली कांग्रेसकै अर्को समुहको सहयोग रहेको थियो ।


उनका प्रतिद्वन्दी निवर्तनमा अध्यक्ष समिर गरुङले ३६ मत मात्रै ल्याए भने नेकपाका बलिया उम्मेदवार भनिएका अर्जुनलाल श्रेष्ठले २१३ मत पाए । विजयी बनेका रानाभाटले ३३३ मत पाएका छन् ।


बरिष्ठ उपाध्यक्ष पदमा पनि रानाभाट समुहकै भविश्वर शर्मा विजयी भएका छन् । त्यस्तै राजुमान डंगोल र गिता गुरुङ पनि उपाध्यक्षमा निर्वाचित भएका छन् ।


महासचिवमा रानाभाट समुहकै ध्रुव अधिकारी विजयी भएका छन् । उनी नेकपा निकट व्यावसायी हुन् । अर्जुनलाल समुहका सहदेव धमलालाई ५० मतले हराउँदै उनी विजयी बनेका हुन् ।

अधिकारीले २८१ मत पाएका छन् भने धमलाले २३१ मत पाएका छन् ।
यसअघि नेकपा निकट तीन संगठनले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै अर्जुनलाल प्रधानको समुहलाई समर्थन गर्न उर्दी जारी गरिएको थियो ।

सिफारिस