विप्लव माओवादी कास्की जिल्ला सेक्रेटरी सहित १८ जना पक्राउ

दियो पोस्ट  

काठमाडौँ, जेठ २६ । विप्लव नेतृत्वको नेकपाका १८ जना कार्यकर्ता पक्राउ परेका छन् । नेपाल प्रहरीले नेकपा कास्की जिल्ला सेक्रेटरी मिलन राईसहित १८ पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा ४ महिला र १३ परुष रहेका छन् ।

गएराति जिल्लाको अन्नपुर्ण गाउँपालिका–११ मा वैठक भइरहेको सुचना पाएपछि प्रहरीले त्यहाँपुगेर पक्राउ परेको छ । पक्राउ परेका सबै नेता कार्यकर्ताहरुलाई शनिबार राति नै पोखरा ल्याइसकेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

TATA ADD