गलबन्दी गायक प्रकाश सपुतमाथि गीत चोरीको आरोप लागेपछि के भन्छन् शम्भू राई ?

दियो पोस्ट  

काठमाडौं, २६ जेठ । यतिबेला युटुभ ट्रेन्डिङमा रहेको गायक तथा संगीतकार प्रकाश सपुतले गाएको ‘गल्बन्दी’ बोलको गीत विवादमा आएको छ ।


चर्चित गायक शम्भु राईले गाएको ‘आउ नाचौँ साथी हो कम्मर कसेर’ बोलको गीतसँग लय मिलेपछि गलबन्दी विवादमा आएको हो ।


युटुभमा यो समाचार प्रकाशन हुँदासम्म करिब ९३ लाख जनाले हेरिसकेको उक्त गीत यतिबेला भाइरल बनेको छ ।


गीतको लय कपि गरिएको विषयमा सामाजिक सञ्जालमा व्यापक चर्चा भएपछि गायक शम्भु राई र प्रकाश सपुतबीच छलफलको तयारी भएको छ ।


‘म अहिले केही बोल्ने पक्षमा छैन । पहिले हामी छलफल गर्छौं । हामी एउटै फिल्डको मान्छे विवाद गरेर पनि केही छैन,’ राईले भने,‘एक चोटी बसेर छलफल गर्दैछौँ अनि मात्रै भन्न सक्छौँ ।’
गायक राईका अनुसार केही दिनभित्रै सपुत र राईबीच वार्ता हुँदै छ ।

सिफारिस