
Accident by car driving.
काठमाडौँ, जेठ २६ । कैलालीको चुहानगरपालिका–४ कौवापुरमा ट्याक्टरको ठक्करबाट २९ बर्षिया महिलाको मृत्यु भएको । मृत्यु हुनेमा चुहानगरपालिका ५ की भूमी भुसाल रहेको प्रहरीले जनाएको छ ।
स्थानिय जंगलबाट घाँसदाउरा बोकेर फर्किँदै गरेकी भुमीलाई ट्याक्टरले ठक्कर दिएपछि घटनास्थलमै उनको मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टर चुहानगरपालिकाको रहेको र सो ट्याक्टर अन टेस्टमा चलिरहेको बताइएको छ ।
भुमीको मृत्यु भएपछि स्थानिय जनता आन्दोलित भएका छन् । भुमिका परिवार र स्थानियहरुले क्षतिपुर्तीको माग गर्दै शव उठान नदिएको इलाका प्रहरी कार्यलय लम्कीले जनाएको छ । घटनास्थलमा थप सुरक्षाकर्मी समेत खटाइएको छ ।