सरुवामा जान नमानेपछि गौर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निलम्वित

दियो पोस्ट  

रौतहट, जेठ २५ । सामान्य प्रशासन मन्त्रालयले सरुवामा नजाने गौर नगरपालिकाका प्रैमुख प्रशासकिय अधिकृतलाई निलम्वन गरेको छ । रौतहटको गौर नगरपालिकाबाट दार्चुलाको शैल्यशिखर नगरपालिकामा काज खटाइएको भएपनि अटेर गरेपछि प्रशासकिय अधिकृत सुमन कार्की निलम्वनमा परेका हुन् ।

जेठ १ गते शैल्यशिखर नगरपालिका दार्चुलामा कामकाज गर्न खटाइएकोमा उक्त कार्यालयमा हाजिर हुन नजानुका साथै मन्त्रालयले तीन दिन भित्र खटाइएको कार्यालयमा हाजिर हुन लिखित रुपमा पत्राचार तथा मौखिक निर्देशन समेत दिदाँ नगएपछी मन्त्रालयले २ महिनाको लागि निलम्बन गरेको छ।

मंत्रालयले सरोजकुमार लाल दासलाई निमित प्रमुख प्रशासकीय अधिकृत बनाउँदासमानान्तर रूपमा आफैं पदमा नभएका कार्कीले नियविपरीत निमित्त तोकेपछि गौरका स्थानीय विरोधमा जनाएका थिए।

पटक–पटक सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई फिर्ता जानुपर्ने तथा संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयले कार्यभार दिएका दासलाई बहाल गर्नुपर्ने प्रदर्शनकारीको माग छ । सरकारले पटक–पटक सरुवा गर्दा पनि सरुवा भएको ठाउँमा कार्की नजाँदा अनेक शंका उब्जाएको भन्दै स्थानीयले विरोध प्रदर्शनसमेत गरेका थिए।

सिफारिस