
काठमाडौँ, जेठ २६ । एकदिवसिय विश्वकप क्रिकेटमा आइतबार विश्वकपका दाबेदार मुलुक भारत र अस्ट्रेलियाबिचको खेल शुरु भएको छ । विश्वकप २०१९ को १४ औँ खेलमा अस्ट्रेलिया र भारत आमने सामने भएका हुन् ।
टस जितेको भारतले पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ । भारतका लागि शिखर धवन र रोहीत शर्मा ओपनिङ ब्याट्सम्यानको रुपमा मैदान प्रवेश गरेका छन् । खेलको तेस्रो ब्याट्सम्यानका रुपमा कप्तान विराट कोहली मैदान प्रवेश गर्ने छन् । अस्ट्रेलिया तर्फबाट प्याट कमिन्स बलिङमा रहेका छन् ।
दक्षिण अफ्रिका विरुद्ध सानदार जित हाँसिल गरेको भारत उच्च आत्मविश्वासका साथ मैदान उत्रिएको छ भने यसअघिको खेलमा वेस्ट इण्डिजलाई नराम्रो हार चखाएको अस्ट्रेलिया भारतलाई पनि पराजित गर्ने लक्ष्यमा रहेको छ ।