
काठमाडौँ, जेठ २७ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबारको प्रतिनिधि सभा वैठक अवरुद्ध गरेको छ । आइतबार माइतिघर मण्डलमा आन्दोलनकारीमाथि भएको प्रहरी दमनको जवाफ गृहमन्त्रीले दिनुपर्ने भन्दै सदन ठप्प पारेका हुन् ।
काँग्रेस सांसद पुष्पा भुसालले सरकारले लोकतान्त्रिक मुल्य र मान्यता विपरित शान्तिपुर्ण आन्दोलन गरिरहेका गुठियारमाथि लाठि चार्ज र पानीको फोहरा प्रहार गरेर सरकारले लोकतन्त्रमाथि नै प्रहार गरेको आरोप लगाएकी छिन् । सरकारलाइ शान्तिपुर्ण आन्दोलनमा भएकाहरुलाई दमन गर्ने अधिकार कसले दियो भन्दै गृहमन्त्री थापासंग जवाफ मागेकी थिइन् । गृहमन्त्री वैठकमा उपस्थित नभएको कारण जवाफ नआउने बताएपछि १५ मिनेटका लागि संसद स्थगित गरिएको हो ।