टस जितेर बलिङ गर्दै वेस्ट इण्डिज, सेमिफाइनल यात्राको लागि दक्षिण अफ्रिकालाई जित्नैपर्ने दवाव !

टस जितेर बलिङ गर्दै वेस्ट इण्डिज, सेमिफाइनल यात्राको लागि दक्षिण अफ्रिकालाई जित्नैपर्ने दवाव !

काठमाडौँ, जेठ २७ । एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको पन्ध्रौँ खेलमा दक्षिण अफ्रिका र वेस्ट इण्डिज खेल्दै छन् । इंग्ल्याण्डको साउथह्याम्पटनमा जारि खेलमा टस जित्दै वेस्ट इण्डिजले बलिङ रोजेको छ ।

विश्वकपको दावेदार टोलीका रुपमा हेरिएको दक्षिण अफ्रिकाले यो संस्करणमा निकै नै खराब प्रदर्शन गरेको छ । शुरुवाती दुइ खेल गुमाइसकेको दक्षिण अफ्रिकाका लागि आजको खेल निकै नै महत्वपुर्ण हुने छ । सेमिफाइनल यात्रालाई जिवित राख्नको लागि दक्षिण अफ्रिकाले आजको खेल जित्नैपर्ने स्थितिमा छ ।

यता राम्रो शुरुवाती गरेको वेस्ट इण्डिजले पछिल्लो खेलमा अस्ट्रेलियासंग स्तब्ध भएको छ । आजको खेल दुबै टोलीका निम्ति निकै नै महत्वपुर्ण रहेको छ । त्यसकारण पनि दुबै देशको टोलीमा केही खेलाडी फेरिएका छन् । वेस्ट इण्डिजमा इभिन लुइस र आन्द्रे रसेललाई आराम दिइएको छ भने डारेन ब्राभो र केमर रोचलाई टिममा राखिएको छ भने दक्षिण अफ्रिकन टिममा एडीन मार्करम र बिउरन हेन्डरीकलाई टिममा राखिएको छ ।

जारि खेलमा क्वेन्टन डिकक र हसिम अमला ब्याटिङमा छन् भने फिल्डिङ रोजेको वेस्ट इण्डिजले केमार रोयच र सेल्डन कट्रेललाई बलिङमा पठाएको छ ।

Facebook Comments

Trending News