साडे ३ करोड खर्चर सांसदलाई ल्यापट वितरण गरिँदै , नजान्नेलाई तालिम दिइने !

दियो पोस्ट  

काठमाडौँ, जेठ २८ । सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई ल्यापटप वितरण गर्ने भएको छ । संसदलाई पेपरलेस बनाउँदै प्रविधिमुखी बनाउन प्रतिनिधि सभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसदलाई ल्यापटप दिइन लागिएको हो ।

संघिय संसदमा पेपर, प्रिन्ट र फोटोकपीका लागि बर्षेनी ठुलो रकम खर्च भएको र त्यसलाई नियन्त्रण गर्दै संसदलाई पेपरलेस बनाउने अभियानस्वरुप ल्यापटप वितरण गर्न लागिएको हो । त्यसका लागि जेठ १९ गते बोलपत्र आह्वान समेत गरिएको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई ल्यापटप चलाउन समेत सिकाइने संसद स्रोतले बताएको छ । क्षमता अभिवृद्धी शिर्षकमा बजेटको व्यवस्था गरि सांसदहरुलाई ल्यापटप चलाउने तालिम प्रदान गरिने समेत स्रोतले बताएको छ ।

ल्यापटप खरिदका लागि अर्थमन्त्रालयले समेत स्वीकृती दिइसकेको र एक महिनाको समयअवधी राखेर बोलपत्र आह्वान गरिएको हो । संसद सचिवालयका अनुसार पहिलो पटक सांसदहरुका लागि ल्यापटप बाँड्न लागिएको हो । पहिलो र दोस्रो संविधानसभा निर्वाचनपछि संसदीय दलका नेता र प्रमुख सचेतकलाई ल्यापटप बाँडिएको थियो । त्यसका लागि भने गैरसरकारी संस्थाले रकम उपलब्ध गराएको थियो । यसपटक राज्यकोषबाट करीव साढे ३ करोड रकम खर्चेर सांसदका लागि ल्यापटप किन्न लागिएको हो ।

सिफारिस