काठमाडौँ, जेठ २८ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको गाडी खोलामा डुबेको छ । पुलको शिलान्यास गर्न स्याङजाको अर्जुनचौपारी गाउँपालिका पुगेका मन्त्री महासेठको गाडी दरौँ खोलामा फसेको हो ।
स्याङजाको शहरे खोलामा पुल निर्माणका लागि शिलान्यास गरेर फर्केका मन्त्री महासेठ चढेका बा २ झ ४०२९ नम्बरको गाडी फसेको हो । गाडीमा मन्त्री र अन्य अधिकारीहरु रहेका थिए ।
खोलाको गहिराइ अन्दाज नगरि पार गर्न खोज्दा गाडीको आधि भाग डुबेको हो । गाडी डुबेपछि तत्काल सुरक्षाकर्मीहरुले मन्त्री महासेठलाई गाडीबाट बाहिर निकाली सुरक्षित ठाउँमा लगिएको थियो ।