
काठमाडौँ, जेठ २८ । आफ्नै छोरीमाथि जबरजस्ती करणी गर्ने नेपाल सरकारका एक अधिकारी पक्राउ परेका छन् । एक मन्त्रालयका उपसचिव स्तरका अधिकारीले आफ्नै छोरीमाथि जबरजस्ती करणीको प्रयास गरेको भन्दै उजुरी परेपछि जिल्ला पै्रहरी कार्यलय ललितपुरले अभियुक्तलाई पक्राउ गरेको हो ।
पीडितको परिचय खुल्न सक्ने भन्दै प्रहरीले पक्राउ पर्ने सरकारी अधिकारीको नाम गोप्य राखेको छ । ‘आफ्नै छोरीलाई जबरजस्ती गर्न खोज्ने एकजना बाबुलाई पक्राउ गरेका छौँ’ जिल्ला प्रहरी कार्यलय ललितपुरका प्रवक्ता डिएसपी नारायण चिमोरियाले बताएका छन् ।
विदेशको उदाहरण दिएर छोरिमाथि जवरजस्ती गर्ने गरेको समेत पाइएको छ । विदेशमा आफ्नै बाबु र छोरीबिच पनि शारीरिक सम्वन्ध हुने यहाँ किन हुँदैन भन्दै आफ्नो छोरीमाथि बारम्बार जबरजस्ती गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यलय ललितपुरका एसपी दुर्गा सिंहका अनुसार बारम्बार जबरजस्ती गरेपछि बाबुविरुद्ध पिडित छोरीले नै जाहेरी दिएकी हुन् ।
जाहेरी पछि उनकै घरबाट पक्राउ परेका उपसचिवलाई थप अनुसन्धान गरि कारवाही प्रक्रिया अगाडी बढाइने ललितपुर प्रहरी प्रवक्ता चिमोरियाले बताए ।