
काठमाडौँ, जेठ २८ । भौतिक पुर्वाधार मन्त्रालयका एक उपसचिव निलम्वनमा परेका छन् । आफ्नै छोरीमाथि बलात्कारको प्रयास गरेको भनि प्रहरीमा जाहेरी दिनेबित्तिकै उनलाई निलम्वन गरिएको मन्त्रालय स्रोतले बताएको छ ।
आफुलाई धेरैपटक जबरजस्ती गरेको भन्दै उपसचिवकी छोरीले ललितपुर प्रहरीमा जाहेरी दिएकी छिन् । पिडितको पहिचानलाई मध्यनजर गर्दै प्रहरीले पिडकको नामसमेत गोप्य राखेको छ ।