प्रश्नपत्र आउट गर्ने प्रहरी जवानसहित १२ जनाविरुद्ध अख्तियारको मुद्धा

दियो पोस्ट  

काठमाडौँ, जेठ २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माध्यमिक तहको प्रश्नपत्र आउट गर्ने प्रहरी जवानसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छन् ।

२०७५ सालको माध्यमिक शिक्षाको अनिवार्य विज्ञान र सामाजिक अध्ययन विषयको प्रश्नपत्र परिक्षाअगावै आउट गरिएको अख्तियारले जनाएको छ । प्रश्नपत्रलाई अवैधानिक तरिकाले सार्वजनिक गर्दै त्यसबाट गैरकानुनी लाभ लिएको अख्तियारको दावि छ । अख्तियारले इलाका प्रहरी कार्यलय कल्याणपुर सिराहामा कार्यरत २ जना प्रहरी जवानसहित १२ जना बिरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो ।

अख्तियारले दुई प्रहरी जवान दिपेन्द्र कुमार मण्डल र ब्रम्हा देव सुनरैत, निमावि तर्फका राहत दरबन्दी शिक्षक मनोज कुमार यादव तथा अरोध यादव, विष्णुदेव यादव, राजेश कुमार यादव, ववरमहल एन (परिवर्तित नाम), टंगाल (परिवर्तित नाम), श्रवण यादव र इन्दल यादव विरुद्ध अख्तियारमा मुद्धा दायर गरिएको हो ।

सिफारिस