स्कुलको शौचालय भत्किँदा तीन बालिकाको मृत्यु

स्कुलको शौचालय भत्किँदा तीन बालिकाको मृत्यु

काठमाडौँ, जेठ २८ । दार्चुलामा शौचालय भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ । जिल्लाको नौँगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छाना भत्किएर तीन बालिकाको घटनास्थलमै मृत्यु भएको हो ।

साँझ ४ बजेतिर विद्यालय बन्द रहेको समयमा खेलिरहेका ८ देखि ९ बर्र्षीया तनि बालिका छाना भत्किएर पुरिएका हुन् । घटना पछि सिफ्टि प्रहरी चौकीबाट प्रहरी खटिए पछि स्थानियहरु समेतको संयुक्त प्रयासमा शव निकालिएको छ । तर, शवको पहिचान भने नभइसकेको प्रहरीले जनाएको छ ।

Facebook Comments

Trending News