कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

पर्सा, जेठ २८ । प्रहरीले कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
चैत्र १८ गते पर्सा रामनगरीका किशोरी सहनीलाइ हत्या गर्ने अभिप्रायले आक्रमण गरि फरार भएका २७ बर्षिय प्रजा सहनीलाई पक्राउ गरिएको हो ।

हरेन्द्र गिरिको गहुँ खेतमा काम गरिरहेका ५६ बर्षीय सहनीलाई कर्तव्य गरि फरार रहेका सहनी मंगलबार पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको टोलीले उनलाइ विरगंज महानगरपालका–१ छप्कैयास्थित नेपाल भारतको सीमामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका सहनीका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

Facebook Comments

Trending News