काठमाडौँ, जेठ २८ । प्रधानमन्त्री केपी शर्मा ओली र वेलायती प्रधानमन्त्री टेरिजा मेबिच भेटवार्ता भएको छ । एकसाता लामो वेलायत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो लण्डनमा मेसंग भेटवार्ता भएको हो ।
भेटमा द्धिपक्षिय सम्वन्धको बारेमा विशेष छलफल भएको छ । दुईदेशको व्यापार लगानीका बारेमा पनि छलफल भएको छ । भेटमा प्रधानमन्त्री ओलीले वेलायतमा भएका भूतपुर्व गोर्खा सैनिकका बिषयमा समेत कुराकानी गरेका थिए ।
प्रधानमन्त्री मेसंग भेट्नुअघि प्रधानमन्त्री ओलीले वेलायतमा भएका पूर्व गोर्खा सैनिकहरुसँग भेट गरि उनिहरुको गुनासो सुनेका थिए । उनले वेलायतमा रहेका गैरावसिय नेपालीका पदाधिकारीहरुसंग पनि भेटवार्ता गरेका छन् ।
मेसंगको भेटमा उनले गैरावसिय नेपालीको गुनासो र भूतपुर्व गोर्खा सैनिकलाई निवृत्तिभरणको विषयमा भेदभावको विषयमा कुराकानी गरेका छन् ।