एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलिया र पाकिस्तानको भिडण्त

एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलिया र पाकिस्तानको भिडण्त

काठमाडौँ, जेठ २९ । आइसीसी एकदिवसिय विश्वकप क्रिकेटमा बुधबार अस्ट्रेलिया र पाकिस्तान बिच खेल हुने भएको छ । इंग्ल्याण्डको काउन्टी क्रिकेट मैदानमा नेपाली समयअनुसार अपराह्न ३ः१५ मा हुने खेलमा पाँच पटकसम्मको विश्वकप विजेता अस्ट्रेलियाबिरुद्ध पाकिस्तान मैदान उत्रिन लागेको हो ।

जारि विश्वकपमा दुई दुई खेल खेलिसकेका २ टोलीले समान एक जित र एक हार दर्ता रहेको छ । अस्ट्रेलियाले अफगानीस्तानमाथि ७ विकेटको जित निकाल्दा डिफेन्डिङ च्याम्पियन भारतसंग ३६ रनले पराजित हुन पुग्यो । यता वेस्ट इण्डिजसंग ७ विकेटको लज्जास्पद हार ब्यहोरेको पाकिस्तानले घरेलु टोली इंग्ल्याण्डसंग भने १४ रनको सामान्य जित हाँसिले गरेको छ । पाकिस्तानले गत शुक्रबार श्रीलंकसंग तय भएको खेल बर्षातको कारण स्थगित भएको थियो ।

जारि विश्वकपमा मौसमका कारण दुई खेलहरु प्रभावित भइसकेका छन् । बुधबार भने मौसम सफा रहने र केही बादल मात्र लाग्ने त्यहाँको मौसम पुर्वानुमान महाशाखाले बताएको छ । यद्यपी पानी परिरहेकोले शुरुवाती बलिङमा असर पुर्याउन सक्ने खेलाडीहरुको तर्क छ ।

Trending News