पोखरामा लागु औषध कारोबारी र प्रहरीबिच गोली हानाहान् !

पोखरामा लागु औषध कारोबारी र प्रहरीबिच गोली हानाहान् !

काठमाडौँ, जेठ २९ । पोखरामा प्रहरी र लागु औषध कारोबारीबिच मुठभेड भएको छ । लागु औषध कारोबारीलाई पक्राउ गर्न गएको टोलीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको हो ।

पोखराको अमरसिंह चोक नजिकै रहेको रेस्टुरेन्टमा पुगेको प्रहरी टोलीमाथि गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । अपराधीले गोली चलाएपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको हो । प्रहरीले चलाएको गोली लागेर गोविन्द थापा घाइते भएका छन् । घाइते थापालाई पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारको लागि लगिएको छ ।

गोली प्रहार गरि नियन्त्रणमा लिएपछि थापाबाट डाईजोपाम, नुर्फिन। र फेनार्गनलगायत १५ सय थान लागूऔषध बरामद गरिएको छ ।

मुठभेडमा प्रहरीतर्फका एक जना अधिकारीसमेत घाइते भएको बताइएको छ । उनलाई स्थानिय अस्पतालमा उपचारको लागि पुर्याइएको छ । थापा संगै अर्का एक ब्यक्तिलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेको परिचय नखुलेको प्रहरीले जनाएको छ ।

Trending News