पाकिस्तानका लागि मोहम्मद अमिरको ५ विकेट खेर गयो, ४१ रनले अस्ट्रेलिया विजयी

दियो पोस्ट  

काठमाडौंँ, जेठ २९ । इंग्ल्याण्डमा जारि एकदिवसिय विश्वकपमा वुधबारको खेलमा अस्ट्रेलिया विजयी भएको छ । पाकिस्तानले दोस्रो हार ब्यहोर्दा अस्ट्रेलिया ४१ रनले विजयी भएको हो । इंग्ल्याण्डको काउन्टी क्रिकेट मैदानमा भएको खेलमा टस जितेको पाकिस्तानले फिल्डिङ रोज्दै अस्ट्रेलियालाई ब्याटिङको निम्ता दिएको थियो ।

निर्धारित ५० ओभरको खेलमा ४९ ओभर खेल्दै सबै विकेट गुमाउँदै ३ सय ७ रन बनाएको थियो । अस्ट्रेलियाका तर्फबाट डेविड वार्नरले सतक प्रहार गरे । उनले १ सय ११ बलमा १ छक्का र ११ चौका प्रहार गर्दै एक सय ७ रन बनाए । त्यस्तै कप्तान एरोन फिञ्चले ८४ बलमा ६ चौका र ४ छक्काको मद्धतले ८२ रन बनाए । अस्ट्रेलियाका अन्य खेलाडीहरुले भने समान्य प्रदर्शन गरे । शौन मार्स, ग्लेन माक्सवेल र एलेक्स क्यारीले क्रमशः २३, २०, २० रन बनाए ।

शुरुवातमा फिल्डिङ रोजेको पाकिस्तानका केही बलरहरुले निकै राम्रो प्रदर्शन गरेपनि अस्ट्रेलियालाई फराकिलो रन बनाउनमा रोक्न असमर्थ भए । पाकिस्तानका मोहम्मद आमिरले व्यक्तिगत ५ विकेट लिए । त्यस्तै शाहिन अफ्रिदीले २ विकेट लिँदा हशन अली, वाहव रियाज र मोहम्मद हाफेजले १÷१ विकेट लिए ।

जवाफी ब्याटिङमा पाकिस्तानले ४५ ओभर ४ बल खेल्दै सम्पुर्ण विकेटको क्षतिमा २ सय ६६ रन मात्र बनायो । निकै फितलो ब्याटिङ गरेको पाकिस्तानका ब्याट्सम्यानहरुमा इमम अल हकले अर्धसतक मात्र बनाए । उनले ५३ रन बनाउँदा मोहम्मद हाफेज ४६ रन बनाउँदै पवेलियन फर्के । त्यस्तै वाहव रियाज ४५ रन बनाउँदा सर्फराज अहमदले ४० रन बनाए भने हशन अलि र बबर अजम क्रमश ३२ र ३० रन बनाए ।

बलिङमा अस्ट्रेलियाका पाट कमिन्सले ३ विकेट लिए भने मिचेर स्टार्क र केन रिचर्डसनले २÷२ विकेट लिए । जारि विश्वकपमा पाकिस्तानले दोस्रो हार ब्यहोरेको छ भने अस्ट्रेलियाले ३ खेलमा २ जित हाँसिल गरेको छ ।

सिफारिस