कांग्रेसको जागरण अभियान, पार्टी प्रबेशको लर्को

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको जागरण अभियान संचालन हुँदै गर्दा अन्य पार्टी परित्याग गरि कांग्रेसमा प्रबेश गर्नेको संख्या ३१ हजार ६४२ पुगेको छ । जिल्ला, क्षेत्र, गाउँनगर र वडास्तरमा दुई हजार भन्दा बढी कार्यक्रम संचालन गरिएको र उक्त कार्यक्रम मार्फत पार्टी प्रबेश गर्नेको लर्को लागेको हो ।

बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ३१ हजार ६४२ जना कांग्रेस पार्टीमा प्रवेश गरेको बताए ।

यसरी पार्टी प्रवेश गर्नेमा बहुसंख्यक सत्तारुढ नेकपाका नेता तथा कार्यकर्ता रहेको बताए । उनीहरुलाई प्रशिक्षण दिएर उचित जिम्मेवारी दिने शर्माले जानकारी दिए ।

उनका अनुसार, जागरण अभियानबारे असार दोस्रो सातासम्म प्रतिवेदन बुझाउन भनिएको छ । असार तेस्रो साता केन्द्रीय कार्यसमितिको बैठक बसेर समीक्षा हुनेछ ।

जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ । साथै दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठन गठन गरिने बताएको छ ।

सम्बन्धित खबर

सिफारिस