सांसदलाई ल्यापटप दिनु गलत छ,- रामकुमारी झाँक्री

दियोपोस्ट संवाददाता

काठमाडौँ । सांसदहरुलाई ल्यापटप बाँड्नका लागि संसद सचिवालयले टेन्डर आह्वान गरेको बिषयलाई लिएर सांसदले नै बिरोध गरेका छन् । बिहिबार विनियोजन बजेटबारे छलफलका लागि बसेको संसद बैठकको शुन्य समयमा बोल्दै सांसद रामकुमारी झाँक्रीले सांसदलाई ल्यापटप दिएर जनतामा नकारात्मक सन्देश दिन खोजेको बताइन् ।

सांसदहरुलाई ल्यापटप बाँढ्ने बिषयले आफु दुखी भएको सांसद झाँक्रीले बताइन् । सांसदहरुलाई यस्ता खुद्रा मसिना कुराहरु बाँड्ने र यसको हुर्मत लिने काम बेला बखत भइरहेको उनको भनाइ छ । ।

कहिले ६ करोड सांसद विकास कोषको नाममा, ५१ सालमा निर्णय गरिएको भन्सार सुविधामा गाडि ल्याउँने कुरा । यी सबै कुराहरुले सांसदहरुलाई जनसँग दुरी बढाउने र सांसदप्रति जनताको नकारात्मक भावना विकास भएको देखिन्छ ।

क्रमश त्यसले संसदीय व्यवस्था र प्रजातान्त्रिक व्यवस्थामा नै आँच आएका घटना छन् ।’ उनले सांसदलाई प्रविधी मैत्री बनाउँछु भन्ने नाममा सस्ता कुराहरु गरेर सांसदहरुको हुर्मत लिने कुरा बन्द गर्न आग्रह गरिन । उनले भनिन्–‘यो विषय आपक्तिजनक छ, यसले सांसदहरुको मर्यादा पनि बढ्दैन ।’

सम्बन्धित खबर

सिफारिस