प्रहरी सहायक निरिक्षक (असई)को अन्तिम नतिजा सार्वजनिक, ५ सय २१ जना उत्तिर्ण (सुचिसहित)

दियोपोस्ट संवाददाता

काठमाडौँ, जेठ ३० । नेपाल प्रहरीले प्रहरी सहायक निरिक्षक (असई) पदको नतिजा सार्वजनिक गरेको छ । विहिबार प्रहरी प्रधान कार्यलयले एक सुचि सार्वजनिक गर्दै ५ सय २१ जना उत्तिर्ण भएको बताएको छ ।

गत वर्षको असोज १७ गते प्रकाशन भएको विज्ञापनका आधारमा सहभागी हुने धेरै उम्मेदवारहरुमध्य ५ सय २१ जना असई (जनपद) भएका छन् । उनिहरुलाई सम्वन्धित प्रहरी कार्यलयबाट उपलब्ध गराइएको प्रवेश पत्र, नेपाली नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको सक्कल र २–२ प्रति फोटोकपी र चारवटा पासपोर्ट साइजको फोटोसहित असार ११ गतेभित्र प्रहरी प्रधान कार्यलयमा सम्पर्क गर्न निर्देशन दिइएको छ ।

उत्तिर्ण भएका सुचीको पहिलो नम्बरमा सन्दिप यादव रहेका छन् । त्यस्तै हिमान्सु यादव, सरोज तामाङ, गणेश मुक्तान, झलक पौडेल, सुन्दर जैशी, मन बहादुर खत्री, पवन सुनार, राम विश्वास पटेल र सुदिप गौतम उत्कृष्ठ १० उम्मेदवार रहेका छन् ।

पुरा सुची हेर्नुहोस्

सम्बन्धित खबर

सिफारिस