कञ्चनपुर, जेठ ३१ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा जेसीबीले अटोरिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । ५ जना घाईते भएका छन् ।
शुक्रबार बिहान से १ त ७३३ नंको जेसिबीले ठक्कर दिँदा मे१ह ७६३ नंको अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको ज्यान गएको हो ।
जेसिबी चालक भने फरार रहेको कञ्चनपुरका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।। मृत्यु हुनेहरुको पहिचान खुलेको छैन ।