काठमाडौँ, जेठ ३१ । पुर्वशिक्षामन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य धनीराम पौडेलको निधन भएको छ । शुक्रबार माडिस्थित आफ्नै घरमा बसिरहेको बेला हृदयघात भएर उनको निधन भएको हो ।
एक्कासी हृदयघात भएर ढलेका उनलाई उपचारको लागि वगौडा अस्पताल पुर्याएको थियो तर अस्पतालले उनको प्राण नरहेको बतायो । उनको पारिवारिक स्रोतका अनुसार पौडेल पाँच छ दिनअघि मात्र घर पुगेका थिए । शुक्रबार विहानै उठेका उनि गाउँकै एक छिमेकी संग गफिदै थिए । गफिदै गर्दा अचानक हृदयघात भई ढलेका थिए ।
धनिराम पौडेल तात्कालिन माओवादी अध्यक्ष प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री भएको बेला शिक्षामन्त्री बनेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा उनि समानुपातिक तर्फका सांसद थिए । उनलाई श्रद्धान्जली दिनका लागि नेकपा अध्यक्ष प्रचण्ड र गृहमन्त्री राम बहादुर थापा चितवन जान लागेका छन् । उनको मृत शरिर अस्पतालमा राखिएको छ ।