
कञ्चनपुर । गड्डाचौकीबाट महेन्द्रनगर आउँदै गरेको म १ ह ७६३ नम्बरको अटोरिक्सा र गड्डाचौकीतर्फ जाँदै गरेको से १ क ७३३ नम्बरको जेसिबी शुक्रबार बिहान बनागाउँस्थित राजमार्गमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । ५ जना घाइते छन् ।
मृत्यु हुनेमा बैतडी दशरथचन्द नगरपालिका–२ का २८ वर्षीय कृष्ण बोहरा, कास्कीको पोखरा पृथ्वीचोककी ३५ वर्षीया विना रिजाल र ५८ वर्षीय भारतीय नागिरक तिल प्रसाद छन्। तीनैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर बिष्टले बताए।
घाइते ५ जना मध्ये ४ जनालाई थप उपचारका लागि धनगढी पठाएको प्रहरीले जनाएको छ ।