
काठमाडौँ, जेठ ३१ । स्पेनिस क्लव रियल मड्रिडले चेल्सीका स्टार खेलाडी इडेन हजार्डलाई अनुबन्धित गरेको छ । विहीबार चेल्सीका स्टार हाजर्डलाई रियल मड्रिडको होम ग्राउण्ड सान्टियागोमा सार्वजनिक गरेको हो । 
चेल्सीका स्टार हाजर्डले आफ्नो ड्रिम टिम रियल मड्रिड भएको र यस टिमबाट खेल्नका लागि निकै उत्साहित भएको यसअघि नै बताइसकेका छन् । मड्रिडले १ सय ५० मिलियन युरो तिरेर हाजर्डलाई भित्र्याएको हो ।

मड्रिडमा अनुवन्धित भएपछि सान्टीयागोमा उपस्थित भएर हजारौँ दर्शकहरुलाई हात हल्लाएका थिए । उनले रियल मड्रिडको टिसर्टलाई समेत किस गरेका थिए । रियल मड्रिडमा हाजर्ड भित्रिएपछि ग्यारेथ बेललाई बिक्री गर्ने तयारी शुरवात भएको छ ।