मस्को, जेठ ३२ । रुसको उत्तरधुर्वी क्षेत्रमा झण्डै ‘३२ हजार बर्ष‘ अगाडि मरेको ब्वाँसोको टाउको भेटिएको रूसी बैज्ञानिकहरुले बताएका छन् ।
धेरै रौँहरुले ढाकिएको अवस्थामा तिरेख्ट्याख नदीको किनारमा ब्वाँसोको टाउकोको अवषेश भेटिएको उनीहरुको भनाई छ ।
बैज्ञानिकहरुले थोरै गिदी, नरम मासुको अंश र बलियो दाँत भेटिएको र त्यसको लम्बाई ४१।५ सेन्टीमिटर रहेको पनि जानकारी दिएका छन् । आजभोलि पनि उक्त क्षेत्रमा ब्वाँसोको वासस्थान रहेको र तिनीहरूको टाउकोको नाप ६६ सेन्टिमिटर लम्बाइ र ८६ सेन्टिमिटरसम्म चौडाई हुने गरेको उनीहरुले बताएका छन् ।
स्थानीय वैज्ञानिकहरुले त्यो टाउकोलाई अध्ययनका लागि टोकियोमा रहेको औषधी सम्वन्धी अध्ययन गर्ने जिकेइ विश्वविद्यालयमा पठाएका बताइएको छ ।
“यस्तो हामीले पहिलो पटक देखेका छौँ,” याकुितया विज्ञान प्रतिष्ठानका अल्बर्ट प्रोटोपोपोभले एएफपीसँग शुक्रबार भने ।
मरेको त्यो ब्वाँसो दुईदेखि चार बर्षसम्मको उमेरमा मरेको हुनसक्ने विश्वास गरिएको उनले बताए ।
त्यस टाउकोका बारेमा रुस, जापान, स्विडेनलगायतका देशमा लगातार अध्ययन भइरहेको पनि प्रोटोपोपोभले जानकारी दिए ।