विश्वकप क्रिकेटः श्रीलंकाले टस जित्यो, अस्ट्रेलियाका वार्नर र फिञ्च ब्याटिङको लागि मैदानमा !

दियोपोस्ट संवाददाता

काठमाडौँ, जेठ ३२ । एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा शनिबार श्रीलंका र अस्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदंैछ । लण्डनमा शुरु भएको खेलमा टस जितेको श्रीलंकाले अस्ट्रेलियालाई ब्याटिङको निम्तो दिएको छ ।

जारि विश्वकपमा चार खेल खेलिसकेको अस्ट्रेलियाले तीन खेलमा जित हाँसिल गरिसकेको छ । अफगानीस्तानलाई ७ विकेटले पराजित गरेको अस्ट्रेलियाले वेस्ट इण्डिज र पाकिस्तानलाई क्रमशः १५ र ४१ रनले पराजित गरेको थियो । पाँच पटकसम्मको विश्वविजेता अस्ट्रेलिया जारि विश्वकपमा भारतसंगको पहिलो खेलमा भने पराजित भएको थियो । विश्वकपको दावेदार मुलुक भारतसंग अस्ट्रेलिया ३६ रनले पराजित भएको हो ।

जारि विश्वकपमा श्रीलंकाले भने एक खेलमात्र खेल्न पाएको छ । अफगानिस्तालाई ३४ रनले पराजित गरेको श्रीलंकाले पकिस्तान र बंगलादेशविरुद्धको खेल भने वर्षाको कारण गुमाउन पुगेको थियो ।

अस्ट्रेलियाका लागि कप्तान एरोन फिञ्च र डेविड वार्नर आशा गरिएका ब्याट्सम्यान हुन् । यसअघिको खेलमा पनि उत्कृष्ठ प्रदर्शन गरेका यी दुई ब्याट्सम्यान आजको खेलमा पनि प्रयासरत हुने छन् । शुरुवाती ब्याट्सम्यानको रुपमा मैदान प्रवेश गरिसकेका फिञ्च र वार्नरले उत्कृष्ठ साझेदारी निभाउन प्रयासरत देखिएका छन् ।

श्रीलंकाका तर्फबाट लासिथ मालिंगा र नुवन प्रदीप बलिङमा आएका छन् ।

सम्बन्धित खबर

सिफारिस