
काठमाडौँ,जेठ ३२ । भिरबाट लडेर शनिबार कास्कीमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको रुपा गाउँपालिका-७ बिसौनी डाडामा भिरको बाटो हिँडने क्रममा सोही ठाउँका ५६ वर्षीय ऋषिराम सुवेदीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका पोखराका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।
जंगलमा भिरको बाटो भएर हिँडने क्रममा चिप्लिएर करिब चार सय मिटर तल खसेका सुवेदीको मृत्यु भएको भट्टले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।