एकदिवसिय विश्वकपमा अस्ट्रेलियाको चौथो जित, स्टार्कको ४ विकेटमा श्रीलंका ८७ रनले पराजित

दियो पोस्ट  

काठमाडौँ, जेठ ३२ । इंग्ल्याण्डमा जारि एकदिवसिय विश्वकप क्रिकेटको शनिबारको खेलमा अस्ट्रेलिया विजयी भएको छ । लण्डनमा भएको खेलमा श्रीलंकालाई ८७ रनको फराकिलो अन्तरले पराजित गर्दै जारि विश्वकपमा चौथो जित हाँसिल गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा ३ सय ३४ रन बनाएको हो । अस्ट्रेलियाका लागि कप्तान एरोन फिञ्चले विस्फोटक ब्याटिङ गर्दै व्यक्तिगत १ सय ५३ रन बनाए । उनले एक सय ३२ बलमा १५ चौका र ५ छक्का प्रहार गरे । पछिल्लो खेलमा निकै उत्कृष्ठ साझेदारी खेलेका डेविड वार्नर आजको खेलमा भने २६ रनमै पवेलियन फर्के ।

सय रन बनाउँदा सम्म अस्ट्रेलियाले २ विकेट गुमाइसकेको थियो । तेस्रो नम्बरका ब्याट्सम्यान उसमान ख्वाजा व्यक्तिगत १० रनमै आउट भएपछि टिम निकै कमजोर भएको थियो । तर, चौथो नम्बरको ब्याट्सम्यान स्टिभ स्मिथले कप्तान फिञ्चसंग निकै नै उत्कृष्ठ साझेदारी निभाए । फिञ्च र स्मिथले १ सय ७३ रनको साझेदारी गर्दै टिमलाई निकै शसक्त अवस्थामा पुर्याउन सफल भएका थिए । स्मिथ व्यक्तिगत ७३ रन बनाउँदै पवेलियन फर्के । उनले ५९ बलमा ७ चौका र एक छक्का प्रहार गरेका थिए । अस्ट्रेलियाका अर्का ब्याट्सम्यान ग्लेन माक्सवेलले पनि टिमलाई ४६ रनको योगदान गरेपछि श्रीलंका विरुद्ध निकै फराकिलो लक्ष्य प्रस्तुत गर्न सफल भएको हो ।

शुरुवाती बलिङमा उत्रिएको श्रीलंकाले बलिङलाई निरन्तरता दिन नसक्दा समेत अस्ट्रेलियालाई फाइदा भएको हो । निकै नै उत्कृष्ठ बलर मानिएको मालिंगाले १ विकेटमात्र लिए । इसुरु उदाना र धनन्जय सिल्भाले २÷२ विकेट लिए ।

जवाफी ब्याटिङमा आएको श्रीलंकाले निर्धारित ५० ओभरमा ४५ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय ४७ रनमात्र बनाएको छ । श्रीलंकाका लागि दिमुथ करुनारत्नेले सर्वाधिक ९७ रन बनाए । उनले १ सय ८ बलमा ९ चौका प्रहार गरे । त्यस्तै कुशल पेरेराले ५२ रन बनाउँदा कुशल मेण्डिजले ३० रन बनाए । अन्य ब्याट्सम्यानहरुले भने निकै नै फितलो प्रहार गरे ।

बलिङतर्फ अस्ट्रेलिया मिचेल स्टार्कले सर्वाधिक ४ रन लिए । त्यस्तै केन रिचर्डसनले ३ विकेट लिए भने पाट कमिन्स र जेसन बेह्रेनडर्फले क्रमश २ र एक विकेट लिए ।

पाँच पटक सम्मको विश्वविजेता अस्ट्रेलियाले जारि विश्वकपमा योसंगै पाँच खेलमा चार खेल आफ्नो पक्षमा पारिसकेको छ । । अफगानीस्तानलाई ७ विकेटले पराजित गरेको अस्ट्रेलियाले वेस्ट इण्डिज र पाकिस्तानलाई क्रमशः १५ र ४१ रनले पराजित गरेको थियो । पाँच पटकसम्मको विश्वविजेता अस्ट्रेलिया जारि विश्वकपमा भारतसंगको पहिलो खेलमा भने पराजित भएको थियो । विश्वकपको दावेदार मुलुक भारतसंग अस्ट्रेलिया ३६ रनले पराजित भएको हो ।

जारि विश्वकपमा श्रीलंकाले भने यो संगै दुई खेलमात्र खेल्न पाएको छ । पहिलो खेलमा अफगानिस्तालाई ३४ रनले पराजित गरेको श्रीलंकाले पकिस्तान र बंगलादेशविरुद्धको खेल भने वर्षाको कारण गुमाउन पुगेको थियो ।

TATA ADD