काठमाडौँ, असार १ । भारत विरुद्धको एकदिवसिय विश्वकप खेलिरहेका पाकिस्तानी खेलाडीहरुलाई प्रधानमन्त्री इमरान खानले हौसला दिएका छन् । खेल शुरु हुनुभन्दा केही समय अगाडी ट्वीट गर्दै प्रधानमन्त्री खानले आफ्नो खेलाडीहरुलाई भारतविरुद्ध नडराई खेल्नु भन्दै हौसला दिएका छन् ।
पुर्व क्रिकेटर समेत भएका प्रधानमन्त्री खानले भारत उत्कृष्ठ टिम मानिएपनि पाकिस्तानी खेलाडीले डरलाई पाखा लगाउँदै डटेर खेल्दै आएको परिणामलाई सहर्ष स्विकार गर्न अनुरोध गरेका छन् । उनले ट्वीटरमा टस जितेको खण्डमा ब्याटिङ रोज्न समेत सल्लाह दिए यद्यपी पाकिस्तानी टोलीले बलिङ रोजेका छन् । मानसिक दबावले पनि खेल सोचेको जस्तो नहुने भन्दै उनले दवावरहित खेल खेल्न अनुरोध गरे
उनले भनेका छन्, क्रिकेट ७० प्रतिशत क्षमता र ३० प्रतिशत दिमागले खेलिने खेल हो भन्ने मेरो मान्यता थियो तर जब मैदान प्रवेश गरे तब थाहा भयो यसमा दुबैले ५०–५० प्रतिशत काम गर्दो रहेछ । आजको खेलमा ६० प्रतिशत दिमागले खेल्नुपर्ने सृुझाए ।