
काठमाडौँ, असार १ । काठमाडौँको टोखामा भीषण आगलागी भएको छ । टोखा नगरपालिका–१० मा अवस्थित टहरामा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
आगलागीबाट आठ वटा पसल जलेर नष्ट भएको छ । आगो लागेको सो पसलमा किराना, फेन्सी, तरकारी लगायतका दर्जनभन्दा बढी पसल संचालनमा रहेको छ ।
आगलागी हुनेबित्तिकै दमकल पुगेको तर आगो निभाउन हम्मेहम्मे परिरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ ।