विश्वकप क्रिकेटः आज वेष्ट इण्डिज र बंगलादेश भिड्ने

दियोपोस्ट संवाददाता

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज सोमबार एक खेल हुँदैछ ।
इंग्ल्याण्डमा जारी टाउनटनमा हुने १२ औं संस्करणको खेलमा आज उपाधि दाबेदार वेष्ट इण्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।

कोपर एसोसियट्स काउन्टी मैदानमा दुवै टिम जित निकाल्दै शीर्ष चारको होडमा आफुलाई कायम राख्न चाहन्छ । दुवै टिम दोस्रो जितको खोजीमा हुने छन् ।

वेष्ट इण्डिजले ४ खेलबाट ३ अंक जोडेको छ । वेष्ट इण्डिजले २ खेलमा हार व्यहोर्दा एक जित निकालेको छ । वर्षाको कारण वेष्ट इण्डिजले एक खेलमा अंक बाँडेको थियो ।

तर, वेष्ट इण्डिज पाँचौ खेलमा बंगलादेशलाई हराएर आफ्नो खराब यात्रामा पूर्णबिराम लगाउन चाहन्छ ।

यस्तै बंगलादेशले पनि ४ खेलबाट ३ अंक जोडेको छ । बंगलादेश पनि वेष्ट इण्डिजलाई हराउँदै आफुलाई उपाधि दाबेदारको रुपमा प्रस्तुत गर्न चाहन्छ ।

बंगलादेशले ४ खेलमा २ खेलमा हार, एक खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेका छन् ।

सम्बन्धित खबर

सिफारिस