काठमाडौं, असार २ । आज दिउँसो देशका पुर्वि भु–भाग लगायत मध्य र पश्चिमीका पहाडी भु–भागम सामान्य बदली रहने भएको छ । बाँकी भुभागमा भने आंसिक बदलि भइ पुर्वका केहि स्थानर मध्य र पश्चिमीका थोरै ठाउँमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
राति देशका पुर्वि भु–भाग लगायत मध्य र पश्चिमीका पहाडी भूभागमा सामान्य बदली रही बाँकि भु–भागमा आंसिक बदलि भइ पुर्वका केहि स्थानहरुमा र मध्य र पश्चिमका पहाडी भु–भागका एक दुइ स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।
भोली मंगलबार दिउँसो पनि देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ। पर्सीसम्म नै मेघगर्जन र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्क रहन मौसमविदले आग्रह गरेका छन् ।