काठमाडौँ, असार १४ । अठार बर्षअगाडी बिचैमा पढाई छोडेका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले पुन परिक्षा दिन पाउने भएका छन् । त्रिभुवन विश्वाविद्यालयले ०५७ सालदेखि पढाइ छाडेका विद्यार्थीलाई विशेष मौका भन्दै परिक्षा दिन बाँकी रहेका विद्यार्थीहरुलाई परिक्षामा सहभागी हुन अनुरोध गरेको छ ।
बुधबार राष्ट्रिय दैनिक पत्रिकामा सुचना जारि गर्दै त्रिवि परिक्षा नियन्त्रण कार्यलयले परिक्षाको समय सीमा नाघेकमा तर सम्पुर्ण सैद्धान्तिक विषय उत्तिर्ण गरी शोधपत्र, प्रयोगात्मक परीक्षा र शिक्षण अभ्यास बाँकी रहेका विद्यार्थी मात्र मौका परिक्षामा सहभागी हुन पाउने उल्लेख गरेको छ ।
त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषदको जेठ ५ गते यो निर्णय गरेको भएपनि परिक्षा नियन्त्रण कार्यलयले भने भर्खरै सूचना जारी गरेको हो।
सुचना हेर्नुहोस
