
काठमाडौँ, असार ४ । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ मा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । वुधबार विहान ११ बजे स्थानिय लाटीखोलामा बा २ प ७०९ नम्बरको टिप्परले स ४ प ३६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै ज्यान गएको हो ।
मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका–४ का ४५ बर्षीय जीवनकुमार साम्पाङ र ४६ बर्षिय खगेन्द्र राई रहेका छन् । मदनभण्डारी लोकमार्ग निर्माणका लागि खटिएको टिप्परले उक्त मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्कर दिएको टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक भने फरार रहेका छन् । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।