जिल्ला इन्चार्ज मारिएपछि विप्लव माओवादीद्धारा भाेली नेपाल बन्दको घोषणा

जिल्ला इन्चार्ज मारिएपछि विप्लव माओवादीद्धारा भाेली नेपाल बन्दको घोषणा

काठमाडौँ, असार ९ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । विप्लव समुहको सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई सरकारले नियोजित रुपमा मारेको भन्दै विरोधस्वरुप आन्दोलन घोषणा गरेको हो ।

जिल्ला इन्चार्ज पौडेललाई प्रहरीले गत असार ५ गते गोली हानी मारेको थियो । प्रहरीले भने मुठभेड भएपछि गोली चलाएको र सोही गोली लागि पौडेलको मृत्यु भएको स्पष्टिकरण दिएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले समेत विप्लव समुहका जिल्ला इन्चार्ज प्रहरीसंगको मुठभेडमा मारिएको बताएका छन् ।

हत्या भएपछि विज्ञप्ती जारी गरेको विप्लव समुहले सरकारबिरुद्ध श्रृंखलाबद्ध रुपमा विरोधका कार्यक्रमहरु संचालन गरिने बताएका छन् । विज्ञप्ती जारी गर्दै नेत्रबिक्रम चन्दले आफ्नो कार्यकर्ता हत्याको विषयमा निष्पक्ष छानविन र अनुसन्धान गरिदिनका लागि जनतासमक्ष अपिल समेत गरेका छन् । सरकारले मुठभेडको नाम दिएर आफ्नो कार्यकर्ताहरुलाई मार्दै जाने प्रवृत्तीले मुलुकलाई पुन द्वन्दतर्फ धकेलेको बताए । उनले प्रचण्ड र ओली नेतृत्वको सरकारलाई निरंकुश र फासीवादीको संज्ञा दिँदै त्यसविरुद्ध लड्नका लागि समेत आह्वान गरेका छन् ।

Facebook Comments

Trending News