
काठमाडौं, ११ असार । पाठेघर क्यान्सरले थलिएकी प्युठान जिल्ला गौमुखी गाँउपालिका वडा नं ३ बस्ने ३९ वर्षिया अम्मी सुनारको उपचारका लागि सहयाेगी हातहरु बढ्न थालेका छन् ।
असार ९ गते दियोपोस्ट डटकममा अम्मीको अवस्थाका बारेमा समाचार प्रकाशित भएपछि अम्मिलाई सहयोग गर्न विभिन्न निकायले सम्पर्क अघि बढाएका थिए। यसै शिलशिलामा बालाजु करातो डो–का अध्यक्ष तथा समाजसेवी कराँते प्रशिक्षक ध्रुव विक्रम मल्लले दियोपोस्टमा प्रकाशित समाचारले आफूलाई दुखी बनाएको भन्दै सहयाेग रकम संकलन गरि बिरामीलाइ हस्तान्तरण गरेका छन् ।
आज दियो पोष्ट डटकमको कार्यालय बालुवाटारमा आई प्रशिक्षक मल्लले संकलन भएकाे एक लाख रुपैयाँ क्यासर पीडित अम्मि सुनार र उनका पति दिलबहादुर सुनारलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
पीडित अम्मि सुनारको उपचारका लागि उनका पति राजधानीको कालिमाटि स्थित तरकारी बजारमा भारी बोक्ने गरेको समाचार सार्वजनिक भएपछि उनकाे दयनीय अवस्था देखेर आफुले सहयोग गरेको प्रशिक्षक मल्लले जानकारी दिए । उनले अम्मीकाे उपचारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
यदी तपाई पनि अम्मी सुनारको उपचारका लागि सहयोग गर्न चाहनु हुन्छ भने नीजका श्रीमान दिल बहादुर सुनारको नाममा रहेको बैंक खातामा रकम जम्मा गर्न सक्नु हुनेछ । त्यसका लागि खाता नम्बर यसप्रकार रहेको छ ।
दिल बहादुर सुनार,
ग्लोवर आइ.एम.इ. बैंक, पानी पोखरी शाखा काठमाडौँ ।
खाता नं. ३३०७०१००४१४४१