
काठमाडौँ, असार १३ । इंग्ल्याण्डमा जारि आइसीसी विश्वकप क्रिकेटबाट वेस्ट इण्डिज बाहिरिएको छ । गएराति भारतसंगको खेलमा पराजित भएपछि वेस्ट इण्डिज प्रतियोगिताबाटै बाहिरिएको हो ।
६ वटा खेल खेलको वेस्ट इण्डिजले पाँचवटा खेलमा हार व्यहोरेको छ । निर्धारित ७ खेलमध्य एक खेल वर्षातको कारण रद्ध भएपछि ६ वटा खेलमात्र खेलेको हो । पाकिस्तान बिरुद्धको पहिलो खेलमा सानदार जित हाँसिल गर्दै सफल सुरुवात गरेको वेस्ट इण्डिजले त्यसपछिका खेलहरुमा भने निकै खराब प्रदर्शन गरेको थियो । प्रतियोगितामा गएराति भारतसंगको हार वेस्ट इण्डिजको पाँचौ हार हो ।
यता भारत प्रतियोगिताभरि नै अपराजित बन्दै सेमिफाइनलमा स्थान पक्का बनाएको छ । गएराति भएको खेलमा भारतले १ सय २५ रनको सानदार जित हाँसिल गरेको छ ।
भारतले दिएको २६९ रनको मध्यम लक्ष्य पछ्याएको वेष्ट इण्डिज ३४ ओभर २ बलमा अलआउट हुँदै १४३ रनमा समेटियो । भारतीय बलर चम्किएको खेलमा वेष्ट इण्डिजका लागि सुनिल एम्ब्रिसले सर्वाधिक ३१ रन बनाए । यस्तै निकोलस पुरनले २८ रन जोडे। त्यस्तै शिम्रन हिटमायरले १८ रन जोड्दा केमार रोचले १४ रन बनाए ।
वेष्ट इण्डिजका क्रिस गेल मात्र ६ रनमा आउट हुँदा कप्तान जासन होल्डर पनि ६ रनमा पेभेलियन फर्किए । वेष्ट इण्डिजलाई सस्तैमा समेट्न भारतका मोहमद शामीले ४ विकेट लिए । किफायती बलिङ गरेका शामीले ६ ओभर २ बलमा मात्र १६ रन खर्चिए । यस्तै जस्प्रित बुम्राह र युजभेन्द्र चाहलले २र२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६८ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै महेन्द्र सिंह धोनीले ६८ रनको अर्धशतकीय इनिङ्स खेले
त्यस्तै ओपनर लोकेश राहुलले ४८ रन जोड्दा हार्दिक पाण्ड्याले ४६ रनको योगदान गरे । वेष्ट इण्डिजका केमार रोचले ३ विकेट लिए । यस्तै कप्तान जेसन होल्डर र शेल्डोन कोट्रेलले २र२ विकेट लिए ।